Wed. Apr 23rd, 2025 05:31:17

चीनमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया बिरामीहरुको संख्या ४४०

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका उप-प्रमुख ली पिनले आज जनवरी २२ तारिख राज्य परिषदद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनवरी २१ तारिख राती २४ बजेसम्म चीनका १३ वटा प्रान्तस्तरीय क्षेत्रमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया बिरामीहरुको संख्या ४४० पुगेको र तीमध्ये ९ जनाको मृत्यु भएको खबर चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगलाई प्राप्त भएको जानकारी दिनुभएको छ।

ली पिनले मानव मानवबीच सर्ने यो रोग र त्यसको विस्तार हुनसक्ने जोखिम रहेको बताउनुभयो। अब उपरान्त विभिन्न स्तरीय सरकार तथा स्वास्थ्य विभागहरुले वु हानलाई महत्व दिएर सरुवा रोगको प्रतिरोध सम्बन्धी विविध कदम अपनाउनुका साथै समस्त मुलुकको सरुवा रोगको प्रतिरोध कार्यलाई सबल पारी “वसन्त चाडको यातायात अवधिमा” सम्बन्धित कदमलाई व्यवहारमा उतार्ने जानकारी पनि उहाँले दिनुभयो।

Facebook Comments