Fri. May 17th, 2024

भोट मात्र होइन

- तिला लेकाली

काठमाण्डौं, २०७९ जेठ १४ गते शनिबार । 
✍️ तिला लेकाली

भोट मात्र होइन जनता बिजयको जीत बन्नू
जन- जनको मन मुटुमा गुन्जिरहने गीत बन्नू ।।

भोकालाई खाना अनि तिर्खालाई पानी भइ
भाग्य दाता प्राण दाता मरुभूमिमा शीत बन्नू  ।।

कुर्सी घुमाइ खेल खेल्न ज्वालामुखी उठेको छ
भिड भित्रै उभिएर झ्याउकिरीको झङ्कृत बन्नू ।।

अग्ला पहाड धेरै छ्न् चढ्नलाई गार्हो छ है
सिमान्तकृत अल्पसंख्यक अवलाको मीत बन्नू ।।

माटाेसँग जोडिएको एउटा नाता बिर्सिएला
तक्मा र ढाकरको क्रान्तिकारी प्रीत बन्नू  ।।

-तिला लेकाली
बेलबारी,मोरङ।

Facebook Comments