Sun. May 19th, 2024

सुनिता डंगोल अत्याधिक मतसहित काठमाण्डौं महानगरपालिकाको उपमेयर हुने पक्का

- सुनिता डंगोललाई ४१ हजार ३ सय ६४ मतको अग्रता

काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । काठमाण्डौं महानगरपालिकाको लागि नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल अत्याधिक मतसहित उपमेयर पदमा विजयी हुने पक्का भएको छ ।

पछिल्लो मत परिणाम अनुसार डंगोल आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ भन्दा ४१ हजार ३ सय ६४ मतले अघि हुनुहुन्छ । डंगोलले ६२ हजार ८ सय ७८ मत प्राप्त गरिसक्नु भएको छ । यत्तिवेला काठमाण्डौं महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

Facebook Comments