Sun. May 19th, 2024

काठमाण्डौं २१ मा एमालेका बज्राचार्य विजयी   

काठमाण्डौं, २०७९ जेठ ११ गते बुधबार ।  काठमाण्डौं महानगरपालिका-२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी हुनुभएको छ ।

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी हुनुभएको छ ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ । रासस

Facebook Comments