Sun. May 19th, 2024

वडा अध्यक्ष नविन राई लगायतको टिमद्वारा पदभार ग्रहण, सेवा प्रवाहलाई अझ सुविधानजनक बनाउने प्रतिवद्धता

भोजपुर, २०७९ जेठ ११ गते बुधबार ।  आमचोक गाउपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडा अध्यक्ष नविन राईले पदभार ग्रहण गर्नुभएको छ ।

वडा नम्वर ७ मा प्यानलै सहित विजयी हुनुभएका राईको टिमले मंगलबार पदभार ग्रहण गरे लगत्तै वडा अध्यक्ष राईले वडावासीले पाउने सेवाप्रवाहलाई अझ सुविधाजनक र छरितो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै राईले आफ्नो पार्टी र टिमलाई भारी मत दिएर विजय गराउने सम्पूर्ण वडावासी दाजुभाइ, दिदीबहिनी तथा बुबाआमाहरुलाई धन्यवाद समेत दिनुभएको छ ।

Facebook Comments