Sat. May 18th, 2024

हत्याको आरोपमा दुईजना पक्राउ   

वीरगञ्ज,  २०७९ जेठ १० गते मंगलबार । एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् ।

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा-१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो । रासस

Facebook Comments