Fri. Apr 26th, 2024

नेपाल–चीनबीच अब जनस्तरमा सम्बन्ध विकास गरिने उपप्रधानमन्त्री पोखरेलकाे दावी

काठमाडौं, २८ असोज । रक्षामन्त्री ईश्वर पोख्रेलले चीन र नेपालको मित्रतालाई थप उचाईमा पुर्याउने बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका पोख्रेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको बताए । उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने पनि बताए ।

नेपालका कम्युनिष्टहरुले जनतासंग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने बताए ।

पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू परिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।

भ्रमण पूर्व कतिपयले चीन सरकारसंग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसंगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको बताए ।

उनले भने, “कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौं हामी सपिङ लिस्ट लिएर बसेका छैनौ । हामीले परिर्वतित सन्र्दभमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुईदेशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी परपर पुर्याउन चाहन्छौं। ”

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापूर्वक कार्यान्वयन गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।

Facebook Comments