Mon. May 20th, 2024

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु   

जाजरकोट, २०७९ जेठ ८ गते आईतबार । बारेकोट गाउँपालिका-९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट-७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिनुभयो ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।  रासस

Facebook Comments