Fri. May 3rd, 2024

ललितपुर महानगरमा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता   

ललितपुर, २०७९ जेठ ८ गते आईतबार । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।

पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ । रासस

Facebook Comments