Mon. May 20th, 2024

वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाण्डौं, २०७९ जेठ ८ गते आईतबार । काठमाण्डौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ घर भई काठमाण्डौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाण्डौंमहानगरपालिका-१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा ५७ प ३४४४ नंको स्कुटर एकापसमा ठोक्किएका थिए । गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

Facebook Comments