Sun. May 19th, 2024

रङ्गेली नगरपालिकामा एमाले विजयी     

विराटनगर, २०७९ जेठ ८ गते आईतबार । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) तथा उपप्रमुखमा जनता समाजवादी पार्टी विजयी भएको छ ।

प्रमुखमा दिलीप  अग्रवाल बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित हुनु भएको हो। उहाँ स्थानीय तह निर्वाचनअघि एमालेमा प्रवेश गर्नु भएको थियो ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गर्नुभएको छ । रासस

Facebook Comments