Sun. May 19th, 2024

अफगानिस्तानको बामियानमा पहिरोमा परी २ बालबालिकाको मृत्यु  

बामियान (अफगानिस्तान)२०७९ जेठ ७ गते शनिबार ।  अफगानिस्तानको मध्य बामियान प्रान्तको वारस जिल्लाको एउटा गाउँमा शुक्रबार पहिरोमा परी दुई बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रशासनका प्रवक्ता सबौर सिघानीले शनिबार बताएका छन् ।

अधिकारीका अनुसार प्राकृतिक प्रकोप शुक्रबार दिउँसो वारस जिल्लाको कफ्तर खान गाउँमा आएको थियो ।

उक्त दुर्घटनामा परी दुई दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको थियो । द्वन्द्वग्रस्त देशमा एक हप्तामा आएको यो दोस्रो घटना हो। यसअघि सोमबार उत्तरी बदख्सान प्रान्तको शोलार-ए-पायन जिल्लामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । रासस

Facebook Comments