Mon. Nov 25th, 2024

यूरोपेली संघद्वारा युक्रेनलाई थप सहयोगका लागि ९ अर्ब यूरोको प्रस्ताव   

ब्रसेल्स, २०७९ जेठ ४ गते बुधबार । यूरोपेली संघ (ईयू) ले कीभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष नौ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए ।
भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताउनुभयो ।

उहाँले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ । रासस

Facebook Comments