Sun. Nov 24th, 2024

बालेन्द्र साहलाई मेयर पदमा ३९८४ मतको अग्रता

काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३ हजार ९ सय ८४ मतले अग्रता लिनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार साहले ८ हजार ४ सय २० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ४ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको छ । सत्तारुढ गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले र उपमेयर पदमा एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

Facebook Comments