Thu. Dec 26th, 2024

काठमाण्डौं महानगरमा बालेन्द्र शाह ७३६ मतसहित अग्रस्थानमा

काठमाण्डौ, २०७९ बैशाख ३१ गते शनिबार । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गर्नुभएको छ ।

२ हजार २ सय ८३ मत गन्दा उहाँले ७ सय ३६ मत प्राप्त गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ सय २० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४ सय २६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयर पदमा भने नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले ३ सय ९५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयर पदका उम्मेदवार बिनिता मगैयाले ८५ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट उपमेयर पदका उम्मेदवार रामेश्वर श्रेष्ठले ४१ मत प्राप्त गर्नुभएको छ । उहाँ सत्ता गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।

Facebook Comments