Sun. Jan 12th, 2025

राष्ट्रपति भण्डारीद्वारा निर्धक्क भई मतदान गर्न आह्वान

काठमाण्डौ, २०७९ बैशाख २९ गते बिहीबार । भोलि शुक्रवार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्व सन्ध्यामा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउनुहुँदै उहाँले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै ‘जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो’ भन्नुभएको छ ।

उहाँले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्य शक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ । रेडियो नेपाल

Facebook Comments