Fri. Sep 20th, 2024

स्थानीय तह निर्वाचन अन्तर्गत देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

काठमाण्डौ, २०७९ बैशाख १२ गते सोमबार । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि साँझ ७ः३० बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको दुई दिनको समयमा महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदका लागि २२ सय २१ र उपाध्यक्ष पदका लागि १५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आयोगले दिएको दुई दिनको समयमा महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदका लागि २२ सय २१ र उपाध्यक्ष पदका लागि १५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। रेडियो नेपाल

Facebook Comments