Sun. May 5th, 2024

चीनद्वारा श्रीलङकालाई आपतकालीन मानवीय सहायता ‍

काठमाण्डौ, २०७९ बैशाख ७ गते बुधबार ।  श्रीलङका सामु चरम आर्थिक समस्या देखा परेको भन्दै चीनले श्रीलङकालाई आपतकालीन मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल २० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा श्रीलङकाको आर्थिक पुर्नउत्थान र जनजीवन सुधारका लागि सक्दो प्रयासमार्फत निरन्तर रूपमा समर्थन र सहायता दिने बताउनु भएको छ ।

प्रवक्ता वाङका अनुसार, चीन र श्रीलङका परम्परागत मैत्रीपूर्ण असल छिमेकी भएकाले दुवै देश एकले अर्काको सम्मान र समर्थन गर्नुका साथै सहायता गर्दै आएको बताउनु भएको छ। लामो समययता चीनले श्रीलङकाको आर्थिक र सामाजिक विकासलाई पनि सकारात्मक समर्थन गर्दै आएको भन्दै प्रवक्ता वाङ वन पिनले श्रीलङका सरकार र जनताले अस्थायी कठिनाइलाई जितेर आर्थिक र सामाजिक स्थिरता र विकासको संरक्षण गर्नसक्नेमा चीन विश्वस्त रहेको पनि बताउनु भयो ।

Facebook Comments