Mon. Dec 23rd, 2024

नेपाली क्रिकेटको बर्ष ७८ः नयाँ कप्तान कीर्तिमान, क्यान खेलाडी विवाद, ह्वाटमोरको राजीनामा र पुवुदुको पुनरवहाली

काठमाण्डौं, २०७८ चैत ३० गते बुधबार । हामी बर्ष २०७८ सालको उत्तरार्धमा छौ । यो बर्ष सकिन मात्र १ दिन बाँकी छ । बर्ष अन्त्य संगै सो बर्षको समिक्षा गर्ने गरिन्छ । यसबर्ष हासिल गरेका प्रगति र उपलब्धीलाई समिक्षा गर्ने क्रममा हामी गर्न नसकेका कामहरु आउँदै गरेको नयाँ बर्षमा पुरा गर्ने प्रण गछौं । यसै बिच यस सामाग्रीमा हामी नेपाली क्रिकेट क्षेत्रमा यस बर्षघटिन विधिन्न घटनाहरुको समिक्षा गर्ने छौ ।

बास्तवमा बर्ष २०७८ नेपाली क्रिकेटका लागि मध्यम बर्ष भएपनि टी–२० विश्वकप २०२२ मा छनोट हुन नसक्नु नेपाली क्रिकेटका लागी सबै भन्दा अप्रिय क्षण बन्न पुग्यो । यो बर्ष नेपाली क्रिकेट क्षेत्र विषेश गरि मैदान बाहिरको क्रकेटले पनि बढी चर्चामा रहयो ।

क्यनले गरेको खेलाडी कारवाही नयाँ कप्तानको नियुक्ती, प्रशिक्षक पदबाट डेव ह्वाटमोरको राजिनामा, पुवुदु पुनः प्रशिक्षकमा नियुक्त, क्यन उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकु¥यालको आकस्मिक राजीनामा लगायतका विषय यस बर्ष नेपाली क्रिकेटको पिटमा सुपरहिट भए ।

मैदान भित्रको कुरा गर्ने हो भने यस बर्ष नेपालले कुल १८ टी–२० आई र १२ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्यो । टि–२० आई अन्तर्गत २ घरेलु क्रिकोणत्मक सिरिज र विश्वकप ग्लोबल छनोट खेलहरु साथै ग्लोबल छनोटको तयारीका लागि खेलिएका अभ्यास खेलहरु सोमेल छन् । एकदिवसीय खेलमा एक द्धिपक्षिय सिरिज र विश्पकप लिग–२ का दुई वटा क्रिकोणात्मक सिरिज सामेल छन् । यस बर्ष नेपालले १४ टी–२० आई खेल जित्दाँ ४ खेल गुमाउन पुग्यो । ओमानमा सम्पन्न विश्वकप ग्लोबल छनोटको सेमिफाईनलमा युएईविरुद्ध ६८ रनले पराजित हुदै विश्वकप २०२२ गुमाउनु नेपाली क्रिकेटका लागि सबै भन्दा बढी पिडादायी बन्न पुग्यो । यस्तै नेपालले यस बर्ष खेलेका १२ बटा एकदिवसीय अन्तराष्ट्रियमा ६ मा जित र ६ मा हारको सामना गर्यो ।

बर्षको सुरुवात बैशाखमा नेपालले मलेसीया र नेदरल्यान्ड्सलाई घरेलु मैदानमा बोलायो र क्रिकोणात्मक टी–२० आई सिरिजको आयोजना गर्यो । यस सिरिजमा नेपालका युवा खेलाडीहरुले अवसर प्राप्त गरे र आफुलाई प्रमाणित गर्दै फाईनलमा बलिया नेदरल्यान्डलाई पराजित गर्दै उपाधि दिलाए । त्यस पछि कोरोना माहामरीका कारण नेपालमा क्रिकेट गतिविधीहरु ठप्प प्राय बन्दाँ अशोजमा एभरेस्ट प्रिमियर लिगबाट पूनः क्रिकेट गतिविधीहरु सञ्चालन हुन थाले । जानौ नेपाली क्रिकेट जगतमा यस बर्ष घटेका महत्वपूर्ण घटनाक्रमहरुको बारेमा ।

वैशाख ७ कुशलको विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले विश्व टि २० आई क्रिकेटमा नयाँ कीर्तिमान कायम गर्नु भयो । नेदरल्यान्ड्सविरुद्धको टि–२० आईमा अर्धशतक बनाउँदै कुशल भुर्तेलले टि–२० आईमा डेब्यू पश्चातका तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्नु भयो । कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग टि–२० आईमा डेब्यू गर्दै ६२ रन, दोस्रो खेलमा मलेसियासँग ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६२ रनको इनिङ खेल्दै दुर्लभ कीर्तिमान कायमगर्नु भयो ।

 १२ भदौ ह्वाटमोरको अकस्मात राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले अकस्मात पदबाट राजीनामा दिनु भयो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि टोली ओमान मा रहदाँ ह्वाटमोरले उतैबाट अकस्मात राजीनामा दिनु भयो । पुस २ २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिनु भयो ।

आश्विन १४ क्यानका उपाध्यक्ष र सचिवको राजीनामा

क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकु¥यालले  आकस्मिक राजीनामा दिनु भयो । आईसीसीले क्यानमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको र आफुहरु प्रतिवन्ध फुकुवा गर्न क्यानमा आएको भन्दै मिसन सफल भएको भनेर दुबै जनाले राजिनामा दिनु भयो ।

२५ मंसिर पुबुदु दासनायके मूख्य प्रशिक्षक नियुक्त 

नेपाली क्रिकेट टिमको मूख्य प्रशिक्षकमा श्रीलंकाका पुबुदु दासनायके नियुक्त हुनु भयो । पहिलो पटक सन् २०११ देखि २०१५ नेपालको मूख्य प्रशिक्षक रहनु भएका पुबुदुको पहिलो कार्यकालमा नेपालले २०१४ मा बंगलादेशमा सम्पन्न ट–ि२० आई विश्वकप खेलेको थियो ।

२९ मंसिर तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही

तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही सन्दीप कप्तानमा नियुक्त
नेपाल क्रिकेट संघले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गर्यो । क्यानको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय सहित कारवाही गरियो तर पछि क्यानले सो कारवाही फिर्ता गर्यो । खेलाडीको वर्गीकरण र सेन्ट्रल कन्ट्याक्टका विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएका कारण उहाँहरु क्यानको कारवाहीमा पर्नु भएको थियो ।

फागुन ७ टि–२० आईमा कीर्तिमानी साझेदारी

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए मा कीर्तिमानी शतकीय साझेदारी गर्नु भयो । फिलिपिन्सविरुद्ध तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गर्नु भयो । जुन नेपाली टि–२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि नेपालबाट २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित शतकीय साझेदारी गर्नु भएको थियो ।

७ फागुन टी–२० आईमा कुशलको शतक
कुशल भुर्तेलले कुशलले आइसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा फिलिपिन्सविरुद्ध शतक प्रकार गर्नु भएको हो । कुशलले १ सय ४ रनको शतकिय पारी खेल्दै नेपालका लागि टी– २० आईमा पारस र ज्ञानेन्द्र पछि शतक प्रहार गर्ने खेलाडी बन्नु भयो । हाल यस सूचिमा दिपेन्द्रको नाम समेत सामेल भएको छ ।

फागुन १४ नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा सम्पन्न

फागुन १४ गने क्यानको वार्षिक साधारणसभा सम्पन्न भएको थियो । दुई दिन सम्म चलेको सो वार्षिक साधारणसभाले भारतको सेभेन स्पोर्टससँग मिलेर टी–२० लिग आयोजना गर्ने सहित १० निर्णय गररेको थियो ।

चैत १२, एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमानी साझेदारी, दिपेन्द्रको शतक

दिपेन्द्र सिंह ऐरी र देव खनालले पपुवा न्युजिनी (पीएनजी) विरुद्ध सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाउनु भयो । त्रिवि क्रिकेट मैदानमा यी दुई खेलाडीले २६ ओभरमा १ सय २९ रनको शतकीय साझेदारी गर्दै कीर्तिमान बनाउनु भएको हो । यसअघि पीएनजी चैत ११ को पहिलो एकदिवसीयमा रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटको लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाउनु भएको थियो । यसै खेलमा दिपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेल्नु भयो ।
उहाँ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्नु भयो । यसअघि पारस खड्का र रोहितकुमार पौडेलले एकदिवसीयमा शतक प्रकार गर्नु भएको थियो ।

चैत, ११ रोहितको कीर्तिमानी शतक, एकदिवसीयमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी 

घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा नेपाल ६ रनले पराजित भए पनि युवा ब्याटर रोहितकुमार पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेल्नु भयो । रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक थियो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक ब्यात्तिलगत रन बनाउने खेलाडी बन्नु भयो । उहाँले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १ सय २६ रनको शतकिय इनिङ खेल्नु भयो यस अघि यो कीर्तिमान पारस खड्काको नममा थियो पारसले युएईविरुद्ध १ सय १५ रनको शतकिय पारी खेल्नु भएको थियो । यस्तै सोही खेलमा रोहीले नेपालका लागि एकदिवसीयमा ५ सय रन पुरा गर्दै नेपालका लागि एकदिवसीय मा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाउनु भयो । उहाँले ज्ञानेन्द्र मल्ल (४८०) रन लाई पछि पार्नु भयो ।

चैत १२ एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बन्नु भयो सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बन्नु भयो । पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा सन्दीपले यो सफलता हात पार्नु भएको हो । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गर्नु भयो । यस्तै उहाँ एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट गुरा गर्ने दोस्रो बलर बन्नु भयो । यस सूचिको शिर्ष स्थानमा श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । मेन्डिसले १९ खेलमा ५० विकेट पुरा गर्नु भएको थियो ।

चैत १२ पहिलो पटक क्लिनस्विप हार

नेपाल पहिलो पटक द्विपक्षीय ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोर्न पुगेको पुग्यो । नेपाल पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुबै खेलमा पराजित भएपछि क्लिनस्विप बेहोर्न पुग्यो । नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सिरिज खेलेपनि क्लिनस्विप र गुमाउनु परेको थिएन ।

चैत १४, कुशलद्धारा विश्व कीर्तिमान बराबर

नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले टि–२० आईमा सर्वाधिक छिटो ५ सय रन पूरा गर्ने कीर्तिमान बराबर गर्नु भयो । कुशलले १२ टि–२० आई इनिङमा करिअरको ५ सय रन पूरा गर्नु भएको थियो । कुशलले इंग्ल्यान्डका डेविड मलान र अफगानिस्तानका हज्रतुल्लाह जजाईसँगको विश्व कीर्तिमान बराबर गर्नु भएको ।

चैत १७ टि–२० आई मा करणको ५० विकेट पूरा

त्रिकोणात्मक टि–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा पहिलो ओभरमा लेगा सियाकाको विकेट लिँदै करणले ५० विकेट पूरा गर्नु भयो । करण नेपालबाट टि–२० आईमा ५० विकेट पूरा दोस्रो खेलाडी बन्नु भयो । करण अघि सन्दीपले टि–२० आईमा ५० विकेट पूरा गर्नु भएको छ । करणले ३६ खेलमा ५० विकेट पूरा गर्नु भएको हो । हाल करणको नाममा ५७ करणले पहिलो ओभरको चौथो बलमा सियाकालाई आसिफ शेखबाट क्याच गराउँदै पूरा गरेका थिए । करणले ३६ खेलमा ५० विकेट पूरा गरेका हुन् । यो नेपालको पनि ५० औं टि२० आई खेल हो । करण अघि सन्दीपले टि–२० आई विकेट रहेको छ ।

चैत १७ करण टि–२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी
त्रिकोणात्मक टि–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाउनु भयो । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । करणले २० औं ओभरमा ह्याट्रिक र पाँच विकेट लिँदै दुई कीर्तिमान बनाउनु भयो । यसअघि नेपालबाट टि–२० आईमा कुनैपनि खेलाडीले ह्याट्रिक र एकै ईनिङमा पाँच विकेट लिन सकेका थिएनन् ।

चैत १९ दिपेन्द्रको कीर्तिमानी शतक

त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका दिपेन्द्रले सो खेलमा दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ खेल्नु भयो । यो रन नेपाली ब्याटरले टि–२० आइएमा बनाएको सर्वाधिक ठुलो ब्याक्तिगत योगफल थियो । यस अघी यो कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा थियो । ज्ञानेन्द्र भुटानविरुद्ध १ सय ७ रन बनाउनु भएको थियो ।

चैत्र २१, दिपेन्द्र टि–२० आईमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान

राष्ट्रिय क्रिकेट टिमका मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान दिपेन्द्र ऐरी टि–२० आईमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बन्नु भयो । त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजको फाइनलमा पपुवा न्यु गिनीविरुद्ध अविजित ५४ रन बनाएका दिपेन्द्रले नेपालको लागि ३९ औं टि–ट्वान्टी अन्तर्राष्ट्रियमा कूल १ हजार ३३ रन बनाउनु भएको छ । यस क्रममा ऐरीले ३४ इनिंग्समा ब्याटिंग गर्दै १ शतक र ५ अर्धशतक प्रहार गर्नु भयो । रे न्यूज डेली

Facebook Comments