Tue. Dec 24th, 2024

प्रधानमन्त्री भन्नुहुन्छ, “अर्थमन्त्रीलाई असहयोग गरेकाले गर्भनरलाई कारबाही गरियो”

काठमाण्डौं, २०७८ चैत २९ गते मंगलबार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माले गर्भनरलाई कारबाही गर्नुपर्नाको कारणको स्पष्टिकरण दिनुभएको छ । प्रधानमन्त्री देउवाले गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेकाले कारबाही गर्नुपरेको स्पष्टीकरण दिनुभएको हो।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको छ । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण कारबाही गरेको बताउनुभएको छ ।

Facebook Comments