Tue. Dec 24th, 2024

किएभका सबै क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनी दाबी

काठमाण्डौं, २०७८ चैत २१ गते सोमबार । युक्रेनी अधिकारीहरूले राजधानी किएभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन्।

केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो।

“पूरै किएभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ,” युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार भन्नुभयो । शान्तिवार्तामा सद्भावको सङ्केत देखाउँदै रुसले किएभनजिक रहेका क्षेत्रहरूबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ।

तर पश्चिमा विश्लेषकहरूले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए। बीबीसी

Facebook Comments