Fri. May 17th, 2024

माधव कुमार नेपालद्वारा गोर्खा दरबार संग्रहालयको अवलोकन

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गोरखा दरबार  संग्रहालयको भ्रमण गर्नुभएको छ ।

भुकम्पले ध्वस्त बनाएको बारपाक र लाप्राकको अवलोकनपछि उहाँले गोरखा दरबार संग्रालयको भ्रमण गर्नुभएको हो । अवलोकनपछि अध्यक्ष नेपालले ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो । ‘गोरखा दरबार हाम्रो इतिहास हो, यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाको जर्गेना गर्नु हामी सबैको दायित्व हो,’ नेता नेपालले भन्नुभयो ।

उहाँको टिममा गोरखाका जिल्ला अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, केन्द्रीय नेता र कार्यकताहरुको समेत सहभागिता रहेको थियो ।

Facebook Comments