Fri. Apr 19th, 2024

ड्रागन चखाएर पर्यटक तान्दै पूर्व पर्यटन मन्त्री विष्ट

काठमाडौं, २०७६ पुष २९ गते मंगलबार

पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्टले रोपेको ड्रागनको बिरुवाले व्यवसायीकरुपका लागि फल दिएको छैन । तर पूर्व पर्यटनमन्त्री विष्टले भने पर्यटन वर्ष सन् २०२०लाई सफल बनाउन दाङमा आउने पाहुनालाई ड्रागन देखाउने र चखाउने कामको सुरुवात गर्नुभएको छ । विष्टले फर्ममै त्यहाँ अवलोकन गर्न आउने व्यक्तिलाई भने भियतनामबाटै झिकाएरै भएपनि ड्रायगन चखाउने कामको सुरुवात गर्नुभएको छ ।  विष्टले भन्नुभयो ‘ अहिले स्वाद मात्र चखाउने हो, ६ महिनापछि पेटभरि खुवाउने र लैजाने व्यवस्थासम्म हुन्छ ’ । विष्टको फर्ममा अहिले करिब एक सय केजी ड्रायगन त्यहाँ अवलोकन गर्न आउने पर्यटकहरुका लागि बिक्रिका लागि राखिएको छ ।

विष्टले रोपेका ड्रागनका बिरुवाले अबको ६ महिनाभित्रै फल दिन थाल्दछ । किनकी आंशिकरुपमै बिरुवा रोपेको ६ महिनामै फल दिएको विष्टको दाबि छ । केही महिना अघि हाम्रा प्रधानमन्त्रीले भनेको भनाई निकै रोचक लाग्यो मन्त्री विष्टले भन्नुभयो ‘ हामी नेपाली खान जान्दैनौ, खानेकुराको चेत छैन ’ । बरु बजारमा गएर पेय रक्सीजन्य पदार्थ पिएरै दुई हजार पच्चीस सय खर्चन्छौ तर स्वास्थ्यबर्धक फलफूल किन्न पनि त्यति महङ्गो किनेर खाने भन्छौ ’नेपालमा कृषि पर्यटनको राम्रो सम्भावना रहेको छ तर हामी व्यवहारमा प्रयोग गर्दैनौ विष्टले भन्नुभयो । यो वर्ष केही बोटमा सामान्य फल लागेँ तर अर्को वर्षको असार साउनमा लटरम्म फल देख्न पाइन्छ मन्त्री विष्टले भन्नुभयो । एउटा बिरुवा रोपेको २ वर्षदेखि २० वर्षसम्म फल्ने गर्दछ । हाल विष्ट सहित तीन जनाले ड्रागन फर्मनै स्थापना गरेर सात हजार ड्रायगनका बिरुवा रोप्नुभएको छ । एउटा बिरुवाले वर्षमा कम्तिमा ५ केजीसम्म फल दिने विष्ट बताउनुहुन्छ । विष्टले जिल्लामा ड्रायगन खेती सुरु गरेपछि फर्मबाटै दश हजार ड्रायगनका बिरुवा बिक्रि भएका छन् ।

नेपालमा सन् २००२मा डाक्टर जे एन राईले भियतनामबाट ड्रागनको बिरुवा नेपालमा ल्याएको विष्ट बताउनुहुन्छ । तत्कालिन नेकपा माओवादीको कृषि तथा सहकारी विभागको प्रमुख हुँदा १३ हजार ड्रायगनको बिरुवा पाटी कार्यकता, नेतालाई बाडेँ कसैले पनि पत्याउनु भएन सिउडी दिएको भन्दै फाल्नुभयो विष्टले विगतको तीतो अनुभव बताउनुहुन्छ । विष्टकाअनुसार आश्चर्य के छ भने कतिपय तिनै कार्यकता र नेताहरुले अहिले विष्टको फर्मबाट बिरुवा लगेर रोप्ने गरेको बताउनुहुन्छ । सेतो ड्रायगनको बिरुवाको मूल्य प्रति दुई सय र रातोको बिरुवाको मूल्य प्रति तीन सयमा बिक्रि गर्दै आएको ड्रागन फर्मका सञ्चालक वीरबहादुर बुढामगरले बताउनुभयो । ड्रागन खेती नेपालको तराई र भित्री मधेशमा हुने गर्दछ । नेपालको झापादेखि कञ्चनपुरसम्म खेतीका लागि उपयुक्त मानिएको छ । काठमाडौमा प्रतिकेजी ११ सयदेखि १९ सयसम्म रहेको विष्टको भनाई छ । तर विष्टको फर्ममा भनेँ प्रति केजी ड्रायगन ७५० रुपिया पाइन्छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments