२०८३ भाद्र ८, सोमवार

ड्रागन चखाएर पर्यटक तान्दै पूर्व पर्यटन मन्त्री विष्ट

       

काठमाडौं, २०७६ पुष २९ गते मंगलबार

पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्टले रोपेको ड्रागनको बिरुवाले व्यवसायीकरुपका लागि फल दिएको छैन । तर पूर्व पर्यटनमन्त्री विष्टले भने पर्यटन वर्ष सन् २०२०लाई सफल बनाउन दाङमा आउने पाहुनालाई ड्रागन देखाउने र चखाउने कामको सुरुवात गर्नुभएको छ । विष्टले फर्ममै त्यहाँ अवलोकन गर्न आउने व्यक्तिलाई भने भियतनामबाटै झिकाएरै भएपनि ड्रायगन चखाउने कामको सुरुवात गर्नुभएको छ ।  विष्टले भन्नुभयो ‘ अहिले स्वाद मात्र चखाउने हो, ६ महिनापछि पेटभरि खुवाउने र लैजाने व्यवस्थासम्म हुन्छ ’ । विष्टको फर्ममा अहिले करिब एक सय केजी ड्रायगन त्यहाँ अवलोकन गर्न आउने पर्यटकहरुका लागि बिक्रिका लागि राखिएको छ ।

विष्टले रोपेका ड्रागनका बिरुवाले अबको ६ महिनाभित्रै फल दिन थाल्दछ । किनकी आंशिकरुपमै बिरुवा रोपेको ६ महिनामै फल दिएको विष्टको दाबि छ । केही महिना अघि हाम्रा प्रधानमन्त्रीले भनेको भनाई निकै रोचक लाग्यो मन्त्री विष्टले भन्नुभयो ‘ हामी नेपाली खान जान्दैनौ, खानेकुराको चेत छैन ’ । बरु बजारमा गएर पेय रक्सीजन्य पदार्थ पिएरै दुई हजार पच्चीस सय खर्चन्छौ तर स्वास्थ्यबर्धक फलफूल किन्न पनि त्यति महङ्गो किनेर खाने भन्छौ ’नेपालमा कृषि पर्यटनको राम्रो सम्भावना रहेको छ तर हामी व्यवहारमा प्रयोग गर्दैनौ विष्टले भन्नुभयो । यो वर्ष केही बोटमा सामान्य फल लागेँ तर अर्को वर्षको असार साउनमा लटरम्म फल देख्न पाइन्छ मन्त्री विष्टले भन्नुभयो । एउटा बिरुवा रोपेको २ वर्षदेखि २० वर्षसम्म फल्ने गर्दछ । हाल विष्ट सहित तीन जनाले ड्रागन फर्मनै स्थापना गरेर सात हजार ड्रायगनका बिरुवा रोप्नुभएको छ । एउटा बिरुवाले वर्षमा कम्तिमा ५ केजीसम्म फल दिने विष्ट बताउनुहुन्छ । विष्टले जिल्लामा ड्रायगन खेती सुरु गरेपछि फर्मबाटै दश हजार ड्रायगनका बिरुवा बिक्रि भएका छन् ।

नेपालमा सन् २००२मा डाक्टर जे एन राईले भियतनामबाट ड्रागनको बिरुवा नेपालमा ल्याएको विष्ट बताउनुहुन्छ । तत्कालिन नेकपा माओवादीको कृषि तथा सहकारी विभागको प्रमुख हुँदा १३ हजार ड्रायगनको बिरुवा पाटी कार्यकता, नेतालाई बाडेँ कसैले पनि पत्याउनु भएन सिउडी दिएको भन्दै फाल्नुभयो विष्टले विगतको तीतो अनुभव बताउनुहुन्छ । विष्टकाअनुसार आश्चर्य के छ भने कतिपय तिनै कार्यकता र नेताहरुले अहिले विष्टको फर्मबाट बिरुवा लगेर रोप्ने गरेको बताउनुहुन्छ । सेतो ड्रायगनको बिरुवाको मूल्य प्रति दुई सय र रातोको बिरुवाको मूल्य प्रति तीन सयमा बिक्रि गर्दै आएको ड्रागन फर्मका सञ्चालक वीरबहादुर बुढामगरले बताउनुभयो । ड्रागन खेती नेपालको तराई र भित्री मधेशमा हुने गर्दछ । नेपालको झापादेखि कञ्चनपुरसम्म खेतीका लागि उपयुक्त मानिएको छ । काठमाडौमा प्रतिकेजी ११ सयदेखि १९ सयसम्म रहेको विष्टको भनाई छ । तर विष्टको फर्ममा भनेँ प्रति केजी ड्रायगन ७५० रुपिया पाइन्छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments