Fri. May 3rd, 2024

सोमपाल र करणको धारिलो बलिङ, युएई १ सय ६८ रनमा अलआउट

काठमाण्डौं, २०७८ चैत ४ गते शुक्रबार । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरीजमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार गर्यो ।

तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङसामू युएईका ब्याटरहरु निरिह सावित हुन पुगे, युएईका लागि रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिनु भयो । सिपी रिजवान ८५ बलमा ४० रन रनमा आउट हुदाँ अन्य खेलाडीहरुले प्रभावसाली प्रदर्शन गर्न सकेनन् । एक समय ३५ रन जोड्दाँ ४ विकेट गुमाएको युएईका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गर्नु भएको थियो ।

यस बाहेक युएईका लागि मुहम्मद वसीमले २१, काशिफ दाउदले १८ बासिल हमीदले १४ र कप्तान अहमद रजाले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिनु भयो । यस्तै करण केसीले ३ विेकट हात पार्नु भयो । करणले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिनु भएको हो । यस्तै दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिनु भयो ।

Facebook Comments