Mon. Dec 23rd, 2024

एन्फा साधारण सभा चैत १५ गते, शुक्रबार एनएसएलको बारेमा छलफल हुने

काठमाण्डौं, २०७८ चैत ३ गते बिहीबार । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा चैत १५ गते हुने भएको छ । बुधबार सम्पन्न एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यस्तै दुई दिनसम्म चलेको बैठकले संघको निर्वाचन कार्यतालिका अनुमोदन गर्ने निर्णय गरेको हो । एन्फाको निर्वाचन वर्ष जेठ १५ गते हुने भएको छ । त्यसैगरी जिल्ला फुटबल संघको निर्वाचन वैशाख १ देखि १० गतेसम्म हुनेछ ।

नेपाल सुपर लिगको वर्तमान बहसबारे छलफल गर्न एन्फा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिने भएको छ । यस्तै एन्फाले शुक्रबार चार ए डिभिजन क्लबसँग नेपाल सुपर लिग सञ्चालनका लागि बैठक गर्ने भएको छ ।

Facebook Comments