Sat. Mar 14th, 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई ऐतिहासिक सम्बोधन (भिडियो सहित)

- युक्रेन-रुस युद्ध

       

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई आज ऐतिहासिक सम्बोधन गर्दै थप सैन्य सहायता उपलब्ध गराउन अपील गर्नुभएको छ ।

सम्बोधनका क्रममा उहाँले अमेरिकामाथि सन् २००१ मा गरिएको आतङ्कवादी हमलाबारे स्मरण समेत गराउनु भयो । भिडिओ सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी फौजको आक्रमणबीच आफ्नो देशले हरेक दिन सेप्टेम्बर-११ को जस्तो पीडा सहिरहेको बताउनु भयो।

अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका साझेदारहरूलाई युक्रेनी आकाशलाई “नो फ्लाई जोन” घोषणा गर्न फेरि पनि अपील गर्दै उहाँले भन्नुभयो “म चाहन्छु कि हाम्रो आकाश सुरक्षित होस्।” बीबीसी

Facebook Comments

सम्बन्धित समाचार