Thu. Apr 18th, 2024

नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरुको राजनीतिक चासो र जागरुकता

काठमाण्डौं, २०७८ फागुन ३० गते सोमबार । चीनको राजधानी पैचिङमा भख्खरै दुईवटा महत्वपूर्ण बैठकहरु सम्पन्न भएका छन् । चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को १३ औं समितिको ५ औं पूर्ण बैठक मार्च ४ तारिखका दिन सुरु भएको थियो । त्यसैगरी चीनको सर्वोच्च विधाधिकी अंग चिनियाँ राष्ट्रिय जनकंग्रेसको तेह्रौँ राष्ट्रिय सम्मेलनको पाँचौं वार्षिक वैठक मार्च ५ तारिखका दिन सुरु भएको थियो ।

चीनको राजनीतिक जीवनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी दुवै बैठकहरुको बारेमा पैचिङ फरेन ल्याङ्ग्वेज यूनिभर्सिटी, तिब्बती जातिय विश्वविद्यालय र युन नान जातिय विश्वविद्यालयमा अध्ययनरत् ७ जना नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरुले ति दुवै सम्मेलनहरुको परिचय, इतिहास र यसको महत्वबारे प्रकाश पारेका थिए।

युवा पुस्तामा राजनीतिप्रति वितृष्णा जागिरहेको विश्वव्यापी परिवेशमा चिनियाँ युवाहरुले भने चीन र समग्र विश्वको राजनीतिलाई कसरी हेरेका छन् त ? उनीहरुले व्यक्त गरेका विचाहरुको सारसंक्षेप हामी प्रस्तुत गर्दैछौं ।

पैचिङ फरेन ल्याङ्ग्वेज यूनिभर्सिटीमा नेपाली भाषा अध्ययनरत विद्यार्थी ली सिन यी चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलन चीनको राजनीतिक परामर्श दिने संस्था भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, यो संस्था अन्य देशको सिनेट जस्तै हो । यसको भूमिका सरकारलाई राजनीतिक सल्लाह दिनु हो ।

जनकंग्रेस हाउस अफ कमन्स वा प्रतिनिधी सभा जस्तै हो । चीनको विकास र जनताको हित कसरी गर्ने भन्ने विषयमा चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलन छलफल हुन्छ ।

नेपाली भाषा अध्ययन गरिरहेकी अर्की विद्यार्थी छ्वेइ यी याङ भिडियो सन्देश मार्फत दुईवटा सम्मेलनको बारेमा जानकारी दिनुहुँदै चीनमा वर्षेनी आयोजना हुने दुईवटा सत्रलाई चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेस भनिन्छ भनेर अथ्र्याउनु हुन्छ ।

चीनलाई बुझ्न र जान्न चाहने जुनसुकै देशका मानिसहरु वा युवाहरुको लागि दुई सत्रको अध्ययन आवश्यक पर्छ छ्वेइ यी याङ भन्नुहुन्छ । उहाँ अझ जोडदिँदै भन्नुहुन्छ, “दुई सत्रमा चीनका उपलब्धिहरुलाई हेरेर राष्ट्रिय रणनीतिलाई बुझेर चीनको जीम्मेवारी र विश्वास बुझ्न सकिन्छ । दुई सत्रमा चिनियाँ जनताको इच्छाशक्ति, भावना र रक्षात्मक अवस्था बुझ्न सकिन्छ । साथै चीनको इच्छा शक्तिको गुणस्तर बुझ्न सकिन्छ ।”

तिब्बती जातिय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हाङ वन चिङ चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ राष्ट्रिय जनकंग्रेसका दुवै सम्मेलनको चीनको राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका छ भन्नुहुन्छ । दुवै सम्मेलनमा सहभागी हुने जनप्रतिनिधिहरुले देशका मुख्य विषयहरुमा महत्वपूर्ण छलफल गर्नुहुने भएकोले पनि यी सम्मेलनहरुको माध्यमबाट चीनको विकासको खाका कोर्न मद्दत मिल्ने हाङ वन चिङको भनाई छ ।

तिब्बती जातिय विश्वविद्यालयमा अध्यननरत विद्यार्थी ली यु च्याले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ राष्ट्रिय जनकंग्रेसको बैठक  कहिले सुरु हुन्छ र के के विषयमा छलफल हुन्छ भन्ने लगायतका विषयमा जानकारी दिनुभएको छ । साथै उहाँले यी दुवै सम्मेलन चिनियाँ जनताले आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने महत्वपूर्ण संस्था भएको बताउनु हुँदै चीनको विकास बुझ्ने महत्वपूर्ण स्थानको रुपमा पनि च्याले परिभाषित गर्नुभएको छ ।

तिब्बती जातिय विश्वविद्यालयमा अध्ययनरत् ली शाले दुईवटा अधिवेशनलाई १.४ अर्ब जनसङ्ख्याको आवाज भएको विचार व्यक्त गर्नुभएको छ । जनकंग्रेसका प्रतिनिधिहरु विभिन्न क्षेत्र र वर्ग अनि समुदायबाट प्रतिनिधित्व गरेर आउने हुनाले नीति निर्माण तहसम्म जनताको वास्तविक जीवनको जानकारी पुग्ने र उनीहरुको आवश्यकताबारे छलफल हुने समेत उहाँले बताउनु भयो ।

ली शाले यी सम्मेलनहरु सन् १९५९ देखि नियमित रुपमा हुदै आएका हुनाले पनि चीनमा यी दुवै सम्मेलनको ऐतिहासिक महत्व रहेको उहाँको बुझाई छ । पार्टी केन्द्रीय समितिसम्म जनताको विचार पुर्याउनु जनकंग्रेसका प्रतिनिधिहरुको दायित्व भएकोले पनि यो जीम्मेवारमुलक राजनीतिक गतिविधि हो भन्ने लिशालाई लाग्छ ।  साथै यी दुवै बैठक पार्टी र जनताबीचको सञ्चालनको माध्यम भएकोले यसले देशलाई सही निर्णय लिन मद्दत पुर्याउने लि शाको विश्वास छ ।

पैचिङ फरेन ल्याङ्ग्वेज यूनिभर्सिटीमा अध्ययनरत् पाउ यु हाङ (नेपाली नाम आकाश) ले दुईवटा अधिवेशनबारे चर्चा गर्दै यो चिनियाँ शैलीको प्रजातन्त्र भएको विचार व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “चिनियाँ राष्ट्रिय जनकंग्रेस राज्य शक्तिको सर्वोच्च अंग हो ।” चिनियाँ शैलीको प्रजातन्त्रबारे जानकारी लिनलाई चीन आउनु पर्ने पनि उहाँको राय छ । जनकंग्रेसका प्रतिनिधिहरुको चुनावमा समेत भाग लिनु भएका आकाशलाई चीनमा विद्यमान चिनियाँ शैलीको प्रजातन्त्र असाध्यै मन पर्छ ।

युन नान जातिय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ह स्याउ लिङ सरकारी काम कारवाहीको समिक्षा गरी भविष्यका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण समेत गर्ने भएकोले यी दुवै अधिवेशनको महत्वपूर्ण भूमिका रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “सम्मेलनको माध्यमबाट मानिसको जीवन र कल्याणलाई प्रभावकारी रुपमा सुधार गर्न सकिन्छ । साथै दुई अधिवेशनमा चीनको आर्थिक विकास, चिकित्सा प्रणाली, शिक्षा लगायत हरेक पक्षमा छलफल र योजना बन्छ ।”

चीन सरकारले कसरी काम गर्छ र चीनको लोकतन्त्र कस्तो छ भन्ने कुरो यी अधिवेशनमा थाहा पाउन सकिन्छ भन्नुहुन्छ, ह स्याउ लिङ ।

नेपाली भाषा अत्यन्त मेहनतकासाथ अध्ययन गरिरहनु भएका सातै जना चिनियाँ विद्यार्थी मित्रहरुलाई उहाँहरुको शैक्षिक सफलताको लागि हार्दिक शुभकामना । चिनियाँ भूमिमा रहेर पनि नेपाली भाषा र संस्कृति अत्यन्त मेहनतसाथ अध्ययन गरिरहनु भएका सातै जना चिनियाँ विद्यार्थी मित्रहरुलाई उहाँहरुको शैक्षिक सफलताको लागि हार्दिक शुभकामना । हामी आशा गर्छौ भविष्यमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न यहाँहरुसँग हातेमालो गर्ने अवसर मिल्नेछ ।

Facebook Comments