Sun. May 19th, 2024

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक १५ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न

काठमाण्डौं, २०७८ फागुन २६ गते बिहीबार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै सकिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले बुधवारदेखि सुरु भएर आज सकिएको केन्द्रिय कमिटी बैठकले अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरेको जानकारी दिनुभयो ।

सुझावसहित पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीतिक परिस्थिति विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका सङ्गठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरू समेत पारित गरेको नेकपा समाजवादीले जनाएको छ ।

Facebook Comments