Thu. May 9th, 2024

म्याग्दीको मालिका गाउँमा आगो निभाउने क्रममा एकजनाको मृत्यु

काठमाण्डौं, २०७८ फागुन २५ गते बुधबार । म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो २६ वर्षीय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय मबहादुर बोहरा गम्भीर घाइते हुनुभएको छ। सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन्। जंगलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार मृतक बोहराका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ। मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली स्थानीयबासी युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो।

गोरखापत्र अनलाईनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइते बोहरालाई थप उपचारको लागि हेलिकप्टरमार्फत् पोखरा लगिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो।

Facebook Comments