Tue. Dec 24th, 2024

ग्याल्पो ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौं, २०७८ फागुन १८ गते बुधबार । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि “बिहीबार” सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

Facebook Comments