Mon. May 13th, 2024

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

काठमाण्डौं, २०७८ फागुन १८ गते बुधबार । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पिटरब्रो युनाईटेडलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

सिटीको जितमा रियाद महरेज र ज्याक ग्रेलिसले एक एक गोल गर्नु भयो । खेलको ६० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाउदाँ त्यसको ७ मिनट पछि ग्रेलिसले गोल गर्दै सिटीलाई २-० को जित दिलाउनु भयो ।

अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । टोटेनहम भने बाहिरिएको छ । टोटेनहमलाई मिड्ल्सब्रोले १-० गोल अन्तरले हराएको छ । एजेन्सी 

Facebook Comments