Tue. Dec 24th, 2024

एमसीसीको विरुद्ध सुर्खेतमा आगजनी र तोडफोड, भोलि साँझ ७ बजेसम्मका लागि कर्फ्यु

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । सुर्खेतको वीरेन्द्रनगरमा तनावग्रस्त बन्दै गए पछि सोमबार साँझ ८ः१५ बजेदेखि भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी भएको जानकारी दिनुभयो । एमसीसीको विरुद्धमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्दमा सुर्खेतमा आगजनी र तोडफोड भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार बन्दकर्ताहरुले सुर्खेतका विभिन्न दलका पार्टी कार्यालयहरु तोडफोड गरेका छन् । साँझसम्म पनि बन्दकर्ताहरुले तोडफोड जारी राखेका थिए । उनीहरुले नेकपा एमाले, नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड र आगजनी समेत गरेका छन् । प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।

Facebook Comments