Mon. May 20th, 2024

फिनल्यान्ड र आयरल्यान्डमा रुसी विमान प्रतिबन्धित

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । फिनल्यान्ड र आयरल्यान्डले रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने घोषणा गरेका छन्।

तर कहिलेदेखि सो निर्णय लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन। बीबीसीका अनुसार फिनल्यान्ड र रुसबीच १ हजार ३०० किलोमिटर लामो सीमा छ। यसर्थ रुसबाट पश्चिमतर्फ जाने हवाई मार्ग बन्द हुनेछन्।

चेक गणतन्त्र, इस्टोनीया, जर्मनी, पोल्यान्ड र यूकेले यस्तै निर्णय गरिरहेका छन्। रुसले पनि ती देशहरूको विमानलाई आफ्नो आकाशमा उड्न रोकेको छ।

Facebook Comments