Mon. May 20th, 2024

अभिनेता पल शाहद्वारा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

अभिनेता शाहले सामाजिक सञ्जालमार्फत आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । एक नावालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता पल शाह फरार भएको खवर सञ्चारमाध्यमहरुमा आएका थिए ।

आज सामाजिक सञ्जालमार्फत शाहले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।

“मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, शाहले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

Facebook Comments