Mon. Dec 23rd, 2024

रुसका अर्बपतिहरूले पछिल्लो २४ घण्टामा ९० अर्ब डलर गुमाए

- रुस-युक्रेन युद्ध

काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । युक्रेनविरुद्ध युद्धको घोषणा गरेको २४ घण्टाभित्रै रुसका अर्बपतिहरुले ९० अर्ब डलर भन्दा धेरै सम्पत्ति गुमाएका छन् ।

विश्व प्रसिद्ध फोब्स पत्रिकाका अनुसार यूक्रेन संकट उत्सर्गमा पुगेको २४ घण्टा पनि वित्न नपाउँदै रुसी अर्बपतिहरुले सो रकम गुमाएका हुन् । प्राप्त जानकारी अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका शीर्ष अर्बपतिहरुसँग एक बैठकको पनि आयोजना गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनमाथि हमला गर्ने घोषणा गरेलगत्तै शेयर बजार तिब्र गतिमा घटिरहेको छ । त्यसैले पनि लगानीकर्ताहरुलाई अकल्पनिय नोक्सान भएको छ ।

यसैबीच अमेरिका, बेलायत र यूरोपियन यूनियनले आफ्नो क्षेत्रमा भएका रुसी बैंक र अर्बपतिहरुलाई निशाना बनाएका छन् । उनीहरुले रुसको स्वामित्वमा रहेको अधिकांश सम्पत्ति फ्रिज गरेका छन् भने रुसी लगानीकर्ता र व्यवसायीहरुको आवागमनमा पनि प्रतिबन्ध लगाएका छन् ।

Facebook Comments