Sat. Dec 14th, 2024

अमेरिकी जासूसी विभागद्वारा चिनियाँ प्रयोगशालामा गरिएको ह्याकको कडा निन्दा

काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । चीन इन्टर्नेट सुरक्षा प्रयोगशालाले हालै विस्तृत प्राविधिक प्रमाण प्रस्तुत गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा व्यूरोको ह्याकरले उक्त प्रयोगशालामा प्रहार गरेको जनाएको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले भन्नुभएको छ, ‘गैर-जिम्मेवारी इन्टर्नेट गतिविधिमा नजर पुर्याउँदै अमेरिकाले गर्ने व्याख्या र यस्तो गतिविधिलाई तुरून्तै बन्द गर्न चीनले ताकिता गरेको छ।’ आफ्नो इन्टर्नेट सुरक्षा तथा हितको संरक्षण गर्ने आवश्यक कदम चीनले चाल्ने छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा व्यूरो अन्तर्गत ह्याकर संगठनले चीन, रूस, जापान, दक्षिण कोरिया लगायत विश्वका ४५ वटा मुलुक तथा क्षेत्रमा दशौं वर्षदेखि इन्टर्नेट प्रहार गर्दै आएको छ र ती प्रहारहरू दूरसंचार, विश्वविद्यालय, विज्ञान अनुसन्धान क्षेत्र, आर्थिक तथा सैन्य क्षेत्रहरूमा लक्षित छन्।

इन्टर्नेट सुरक्षा विश्वका विभिन्न मुलुकको सामु देखा परेको साझा चुनौती हो र अमेरिकाले अन्तर्राष्ट्रिय समाजसँगै इन्टर्नेट स्पैसप्रति जिम्मेवारी धारणा लिएर वार्ता तथा सहयोगमार्फत् इन्टर्नेटको शान्ति तथा सुरक्षाको संयुक्त संरक्षण गर्ने आशा चीनले लिएको प्रवक्ता ह्वाले जनाउनुभएको छ।

Facebook Comments