Sun. May 12th, 2024

रोमाका मुख्य प्रशिक्षक मौरिन्होलाई दुई खेलको प्रतिबन्ध सहित २० हजार युरो जरिवाना

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध सहित २० हजार युरो जरिवाना लागेको छ । इटालियन फुटबल फेडेरेसनले जोसे मौरिन्होविरुद्ध प्रतिबन्ध सहित जरिवाना लगाएको हो ।

शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा पोर्चुगलका मौरिन्होलाई रातो कार्ड देलाईएको थियो । मौरिन्होले खेलको अन्त्यतिर रेफ्री लुकालाई अभद्र व्यवहार गर्दै टचलाइनमा रहेको बललाई दर्शकदीर्घातर्फ फालेका थिए ।

त्यसपछि उनलाई रातो कार्ड देखाइएको थियो । हेलास भेरोनासँगको सो खेल २-२ गोलको बराबरीमा सकिएको थियो । अब मौरिन्हो सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुने छैनन् ।

Facebook Comments