Thu. Apr 24th, 2025 09:49:18

ईरानी मिसाईल हमलाबाट अमेरिकालाई कुनै नोक्सानी भएन : राष्ट्रपति ट्रंप

काठमाडौं, बीबीसी, २०७६ पुष २४ गते बिहीबार

दुई दिन अघि इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको मिसाईल आक्रमणमा कुुनै पनि क्षति नभएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले बताएका छन्  ।ईरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा ज्यान गएपछि त्यसको जवाफमा ईरानले ईराकस्थित अमेरिकी सैन्य अखडामा दर्जनौ मिसाईल आक्रमण गरेको थियो ।

तर यस हमलाबाट अमेरिकालाई कुनै नोक्सानी भएन । यत्तिवेला यस विषयमा वहस भैरहेको छ कि ईरानले जानेरै कुनै पनि अमेरिकी सेनाको ज्यान नजाने हिसावले मिसाईल आक्रमण गरेको थियो वा ईरान कुनै पनि अमेरिकी सेनाको ज्यान जाओस् भन्ने चाँहदैनथ्यो । अमेरिकी तथा युरोपियन सरकारी श्रोतले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार उनीहरुलाई के विश्वास छ भने ईरानले जानेरै कुनै पनि अमेरिकी सेनाको ज्यान नजाने गरि मिसाईल आक्रमण गरेको हो ।

रोयटर्सका अनुसार ईरान यो चाँहदैनकी वर्तमान संकट नियन्त्रण भन्दा बाहिर जाओस तर यो संगै ईरानको भित्री उद्देश्य पनि सार्वजनिक होस् । सीएनएनका पत्रकार ज्याक टैपरले पेन्टागनलाई उदृत गर्दै भनेका छन् कि ईरानले जानेरै यस्तो निर्णय लिएको हो जसले अमेरिकी सेनाको ज्यान संकटमा नपरोस् ।

तर बीबीसीका रक्षा सम्वाददाता जोनाथन मार्कसले भने ईरानी आक्रमण जानेरै गरिएको बताएका छन् । उनी भन्छन् यदी सो आक्रमण ज्यान जाने हिसावबाट गरिएको थिएन भने आक्रमणबाट ईराकका धेरै भवनहरुमा ठूलो क्षती पुगेको छ ।

Facebook Comments