Thu. May 2nd, 2024

यथास्थितिमा एमसीसी पारित नगर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाण्डौं, २०७८ फागुन ७ गते शनिबार । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको छ । तर सो पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले संशाेधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो । तर एमसीसी सम्झौता जबरजस्ती  पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस)ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा( एस) ले संसद्मा टेबुल गर्न नदिने अडान लिएका थिए ।

Facebook Comments