Mon. May 20th, 2024

एमसीसी विरुद्ध आज पनि काठमाण्डौंमा विरोध प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन ६ गते शुक्रबार । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध आज पनि काठमाण्डौंमा विरोध प्रदर्शन भएको छ । संसदमा एमसीसी टेवुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले दौडधुपलाई तिब्रता दिएपछि त्यसको जवाफ स्वरुप ६ वटा राजनीतिक दल र २ वटा मोर्चाले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माईतीघर मण्डला हुँदै नयाँ बानेश्वस्थित संसद भवन परिसरसम्म नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्टिय जनमोर्चा नेपाल ले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

सो विरोध सभालाई सम्बोधन गर्नुहुँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी राष्टको हित विपरितको सम्झौता भएकोले यसलाई संसदमा टेवल गर्न समेत दिन नहुने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र लामाले नेपाल रहे मात्र नेपालीको अस्तित्व रहने हुँदा नेपालको रक्षाका खातिर जनता एमसीसी विरुद्ध वलिदान दिन तयार रहेको बताउनु भयो ।

उक्त विरोध सभामा दुर्गा पौडेल, दिनेश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघरदेखि बानेश्वरसम्म सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो ।

Facebook Comments