Thu. Dec 5th, 2024

भोलीदेखि सवारीमा लागू जोर-विजोर प्रणाली हट्ने

काठमाण्डौं, २०७८ माघ २३ गते आईतबार । काठमाण्डौं उपत्यकाका सवारीमा लागू गरिएको जोर-विजोर प्रणली भोली सोमबारदेखि हट्ने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै केही हप्ता अघि काठमाण्डौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरिएको थियो ।

हाल बन्द रहेका विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने शर्माले बताउनुभएको छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको पनि शर्माको भनाइ छ ।

Facebook Comments