Fri. May 17th, 2024

शीतकालीन ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन पैचिंगमा LIVE

Photo: Xinhua

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२२ को पैचिंग शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन आज पैचिंग पुग्नु भएको छ । चीनमा रहँदा राष्ट्रपति पुटिनले ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागीता जनाउनुका साथै सो खेलसँग सम्बन्धित अन्य कार्यक्रमहरुमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो वर्ष रुसी राष्ट्रपतिको पहिलो विदेश भ्रमण हो ।

 विश्वभरीका खेलप्रेमीहरुको महाकुम्भ पैचिंग हिउँदे ओलम्पिक खेलकुद प्रतियोगिता आजदेखि चीनको राजधानी पैचिंगमा भव्य समारोहकाबीच सुरु हुँदैछ । चीनको विदेश मन्त्रालयका अनुसार पैचिंग २०२२ हिँउदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा कम्तीमा ३२ विदेशी राष्ट्रका प्रमुख, सरकार प्रमुख, राजपरिवारका सदस्यहरू र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

Facebook Comments