Fri. May 17th, 2024

पैचिंग हिउँदे ओलम्पिक खेलकुदको आज भव्य समारोहबीच उद्घाटन गरिदै

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । विश्वभरीका खेलप्रेमीहरुको महाकुम्भ पैचिंग हिउँदे ओलम्पिक खेलकुद प्रतियोगिता आजदेखि चीनको राजधानी पैचिंगमा भव्य समारोहकाबीच सुरु हुँदैछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको जानकारी अनुसार पैचिंग २०२२ हिँउदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा कम्तीमा ३२ विदेशी राष्ट्रका प्रमुख, सरकार प्रमुख, राजपरिवारका सदस्यहरू र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

बिहीबार पैचिंग समय अनुसार चीनको राजधानी पैचिंगमा जम्मा १६ वटा देशका नेताहरु सो समारोहमा सहभागी हुन पुगिसक्नु भएको छ भने बाँकि देशका नेताहरु आज पुग्दै हुनुहुन्छ ।

Facebook Comments