Mon. Dec 23rd, 2024

चीनमा आजदेखि नयाँ वर्ष सुरु, हर्षउल्लास साथ वसन्त चाड मनाईदै

काठमाण्डौं, २०७८ माघ १८ गते मंगलबार । चिनियाँ जनताको सबैभन्दा ठूलो वसन्त चाड आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईदैछ । मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना समेत गरिने भएकोले चिनियाँ समाजमा यस चाडको विशेष महत्व छ ।

स्वदेश वा विदेशमा रोजगारी अथवा अध्ययनका लागि गएकाहरु पनि यस चाडमा घर फर्किने हुनाले वसन्त चाडलाई पारिवारिक पुनरमिलनको चाड पनि भनिन्छ ।

यस चाडको अवसरमा चीनका अधिकांश सडक, पार्क, शैक्षिक संस्था, शहरदेखि ग्रामिण क्षेत्रका बस्तिसमेत विभिन्न रंगीचंगी ध्वाज पताका र विजुली वत्तिले सृगार गरेर सजाईएको छ ।

वसन्त चाडको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट देशका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवानका देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूलाई वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभएको छ।

सन् २०२० को सुरुदेखि फैलिएको कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रणमा लिन सफल चीन सरकारले यस वर्षको वसन्त चाडलाई स्वास्थ्य मापदण्डको पालना गर्दै हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेको छ ।

Facebook Comments