Thu. May 2nd, 2024

नेपाल हाम्रो तब एक हुन्छ

- पवित्रा दाहाल

काठमाण्डौं, २०७८ माघ १६ गते आईतबार ।

✍️  पवित्रा दाहाल

धसेर दाह्रा सब खान्छु भन्छ
लुछेर सीमा अझ मै हुँ भन्छ ।
चुली चुलीमा चल खेल गर्छ
चालेर चालै जल धार थुन्छ ।।

धुरी चढी जासुस दूर हेर्छ
घोप्टे लगाई दल भित्र लुक्छ।
थुन्से , भकारी सबमा छ राज
आमा पुकारी उठ बिश्वमाझ ।।

सङ्घार नाघ्दै सय काम छोडी
यो राष्ट हाम्रो मनमा उतारी ।
सिनित्त पार्दै कस फाल्नुपर्छ
यो देश भन्दै अब उठ्नुपर्छ ।।

अस्तित्व हाम्रो जब मात्र हुन्छ
नेपाल हाम्रो तब एक हुन्छ ।
मिलेर सारा जन जुट्नुपर्छ
यी भाग हाम्रा सब फिर्नुपर्छ ।

Facebook Comments