Fri. May 17th, 2024

प्रतिनिधिसभाको आज बोलाइएको बैठक माघ २६ का लागि सारियो

काठमाण्डौं, २०७८ माघ १६ गते आईतबार । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।

संसद सचिवालयका महासचिव डा। भरतराज गौतमका अनुसार आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।

महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।

Facebook Comments