Tue. May 21st, 2024

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत विहान ९ बजेदेखि मतदान सुरु

काठमाण्डौं, २०७८ माघ १२ गते बुधबार । राष्ट्रियसभाको १९ सदस्यका लागि आज मतदान भइरहेको छ । सो निर्वाचन अन्तर्गत आज विहान ९ बजेदेखि देशका सातै प्रदेशका मतदान केन्द्रमा मतदान शुरु भएको छ । मतदान अपरान्ह ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ को विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्विनी प्रदेशको बुटवलमा , कर्णाली प्रदेशको सुर्खेतमा र सुदुरपश्चिम प्रदेशको दिपायलस्थित मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ जना, नेकपा (एकीकृत समाजवादी)का चारजना, नेकपा (माओवादी केन्द्र)का चारजना र नेपाली कांग्रेसका तीनजना राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

Facebook Comments