Fri. May 17th, 2024

चीन सरकारले अनुदानमा दिएको २० लाख थान सिरिन्ज नेपाल आइपुग्यो

काठमाण्डौं, २०७८ माघ ८ गते शनिबार । चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आईपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको चिनियाँ दूताबासले फेसबुक पेज मार्फत जानकारी दिएको हो ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।

Facebook Comments