“ओलम्पिक जस्तो पवित्र अनि स्वच्छ कार्यक्रमलाई छुद्र राजनीतिक दाउपेच र स्वार्थको विषय बनाउनु हुँदैन”-लीलामणी पौड्याल
काठमाण्डौं, २०७८ माघ ६ गते बिहीबार ।
पहिलो पटक चीनमा सन् २०२२ को फेब्रुअरी ४ तारिखदेखि सितकालिन ओलम्पिक खेलकूदको आयोजना हुँदैछ । यो ओलम्पिकबाट पैचिङ्गले ग्रिष्मकालिन ओलम्पिक र सितकालिन ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहरको दर्जा पाउने छ । त्यसकारण इतिहास रच्ने यो भव्य खेलकूद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेकोमा चिनियाँ जनता, चीन सरकार र विषेश गरी चीनको राजधानी पैचिङ्गवासी दाजुभाइ तथा दिदीवहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
खेलकूद विश्वमा अहिले भाइचारा, सद्भाव, मैत्री, एकता र अत्मियसम्बन्ध बढाउने तथा एकताको सन्देश दिने एउटा महत्वपुर्ण अवसर हो । ओलम्पिक खेलकूद जस्तो पवित्र अनि स्वच्छ कार्यक्रमलाई कसैबाट पनि छुद्र राजनीतिक दाउपेच र स्वार्थको विषय बनाउनु हँुदैन । खेलकूदको माध्यमबाट विश्वभरीका नागरिकहरुको जनस्तरको सम्बन्ध बिस्तार गर्दै स्वच्छ प्रतिस्पर्धाबाट सृजनशिल प्रतिभाहरु जन्माउने, प्रतिभाहरुको प्रवद्र्धन गर्ने अवसरको रुपमा सबैले लिनु पर्छ । चीनले सन् २००८ को ओलम्पिक आयोजना गरेर उत्कृष्ट ढंगले विश्वस्तरीय कार्यक्रमहरु आयोजना गर्न सक्छ भन्ने सन्देश दिईसकेको छ । मलाई पुर्ण आशा अनि बिश्वास छ आउदो फेब्रुअरी ४ तारिखदेखि सुरुहुने सितकालिन ओलम्पिक पनि भब्यरुपमा सम्पन्न गर्न चीन सफल हुने छ ।
नेपालको असल छिमेकी देश चीनमा हुन लागेको सितकालिन ओलम्पिक खेलकूद प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्न विश्वभरका नागरिक र सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । यो खेलकूदको माध्यमबाट विश्वका विभिन्न देशहरुबाट प्रतियोगितामा सहभागी हुन पैचिङ्ग पुगेका प्रतियोगिहरुबिच स्वच्छ प्रतिस्पर्धा हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो देशको नाम र प्रतिष्ठा स्थापित गर्नु मुख्य लक्ष्य रहन्छ । त्यो अवसरलाई सकारात्मक ढ्ङगले प्रचार प्रसार गर्नु आवश्यक छ । अर्कोतिर कोरोना महामारीका कारण सृजना भएको असहज परिस्थितीसंग जुध्नका लागि गएको दुई वर्षमा चीनले जुन अभूतपूर्व सफलता प्राप्त गरेको छ । कोरोना महामारी नियन्त्रण गर्नका लागि प्रतियोगितामा सहभागिता जनाउने क्रममा चीनको स्वास्थ्य सुरक्षा मापद्दण्ड र सो सुरक्षालाई नियमन गर्ने प्रणाली एकदमै सुरक्षित र भरपर्दो छ भनेर प्रतियोगितामा सहभागी हुन म उपयुक्त देख्छु ।
खासगरी कोरोना महामारी फैलिएपछि गएको दुई बर्षमा कोरोनाबिरुद्धका खोपहरुको बिकाश भएर चीनमा धेरै ठूलो संख्यामा खोप पनि लगाएका छन् । त्यतिमात्र नभएर कोरोनाका नयाँ नयाँ भेरियन्टहरु आईरहको सन्दर्भमा तत्काल लाखौं मानिसहरुलाई परिक्षण गरेर जसलाई पोजेटिभ देखिन्छ त्यसलाई तत्काल आईसोलेसन गर्न सक्ने क्षमताको बिकाश चीनले गरेको छ त्यो चीनको अभुतपुर्व सफलता हो । त्यस्तो शसक्त स्वास्थ्य प्रणाली संसारका अन्य कुनै पनि देशमा छैन । चीनले मात्र त्यो गर्न सकिरहेको छ । चीनका कुनै सहरहरुमा कोरोना संक्रमण देखिँदा सिङ्गो सहरलाई नियन्त्रणमा लिई परिक्षण गर्न सक्ने सम्मको सामथ्र्य र संक्रमण भएकाहरुलाई उचित उपचार तथा ब्यावस्थापन गर्न सक्ने साथै अरुलाई सर्न नदिने त्यो सक्षमता चीनले देखाई सकेको छ । त्यसकारण विश्व समुदायले चीनले गरिरहेको कामको प्रशंसा र हौसला दिने हो । चीनले यस्ता ठूला समाहरोहरु कोरोना फैलन नदिईकन पनि सफलतापूर्वक सम्पन्न गर्न सक्छ भन्ने कुरामा म विश्वस्त छु ।
चीनले विगत लामो समयदेखि अर्थतन्त्र, बिज्ञान प्रबिधी, सूचना तथा सञ्चार, अन्तरिक्ष विज्ञान, वातावरण, संरक्षण र खेलकूद क्षेत्रको बिकाशमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । चीनबाट विषेश गरि नेपालले ठूला ठूला समारोहहरुको आयोजनाहरुको व्यवस्थापन र चुस्तता, विश्वस्तरको सेवा दिन सक्ने क्षमता जस्ता कुराहरु सिक्न सक्छौं । विशेषगरि सितकालिन ओलम्पिकको कुरा गर्ने हो भने नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागीहुने खेलाडीहरु पनि छैनन् । हुनत नेपालको १७ प्रतिशत भू-भाग हिमाल र हिँउले ढाकेको छ तर, हाम्रा हिमालहरु सहासिक पद यात्रा अथवा आरोहणका लागि मात्रै हामीले प्रयोग गरिरहेका छौं । हिँउँंग सम्वन्धित अरु खेलकूदका लागि हामीले त्यती धेरै विकास गर्न नसकेको हुनाले हामीसँग त्यस क्षेत्रमा जनशक्ति छैन नै भन्दा पनि हुन्छ । त्यसैले हामीले पनि बिस्तारै चीनको बिकाशबाट सिक्दै र चीनले नेपाललाई दिएको सद्भाव मार्फत सहयोगको जुन तत्परता छ चीनबाट हामीलाई उपयुक्त हुने खेलकूदसंग सम्वन्धित बिषयमा प्रबिधिक सहयोगहरु लिने, त्यहाँका प्रशिक्षकहरु र खेलसंग सम्वन्धित पूर्वाधारहरुबाट लाभ लिने र यस्ता प्रतियोगिताहरुमा सहभागी हुँन चाहने खेलाडीहरुको स्तरोन्नतीका लागि तालिम लिन चीनमा पठाउने, नेपालमा पनि विभिन्न स्थानमा प्रशिक्षण केन्द्रहरु स्थापना गर्न र त्यसको सञ्चालनको लागि उतैबाट प्रशिक्षक मगाएर अघि बढ्न सकिन्छ । जसका कारण यस्ता विश्वस्तरीय प्रतियोगिताहरुमा नेपालको सहभागितालाई सुनिश्चित गर्न सकियोस् ।
चीनमा आयोजना हुन लागरिहेको ओलम्पिक खेलकूदको बिषयलाई लिएर खेलकुद जस्तो पवित्र क्षेत्रमा राजनीतिको रंग भर्ने प्रयासहरु भईरहेका समाचारहरु समेत सार्वजनिक भईरहेका छन् । विशेषतः जुनसुकै बाहनालाई लिएर भए पनि ओलम्पिक खेलकूद जस्तो मानविय सद्भाव अभिवृद्धी र आत्मियता स्थापित गर्ने क्षेत्रलाई बिटुल्याउन खोज्नु असोभनिय कुरा हो । सन् १९४५ देखि सन् १९९० सम्मको अवधिमा अमेरिका र रुसकोबिचमा राजनीतिक प्रतिद्वन्द थियो । त्यस बखत विश्व दुई ध्रुवमा विभाजित थियो । त्यो बेला ओलम्पिक खेललाई शक्ति राष्ट्रिहरुले आफ्नो स्वार्थको क्रिडास्थल बनाए त्यसले गर्दा खेलकूद क्षत्रमै लागेर आफ्नो प्रतिभा देखाउँदै अघि बढ्न चहानेहरु निरुत्साहित भए । त्यसकारण त्यो खेलको गरिमा र महत्वलाई राजनीतिले घटाई दियो । त्यसैले आजको अवस्थामा यो विश्व अन्तरघुलित भएको अवस्थामा सन् १९५० को दशक जस्तो सङ्कुचनमा बस्ने अबस्था छैन । यो बेलामा पनि आफ्नै देशका खेलाडीहरुलाई समेत प्रतिस्पर्धामा सहभागी हुँनबाट बञ्चित गराएर कुनै पनि मुलुकले लाभ लिन सक्दैन । साथै यस्ता प्रतियोगितामा सहभागी नहुने निर्णयहरु पनि उपयुक्त हुन् जस्तो लाग्दैन । हामीले यस्ता बिषयहरुलाई सहयोग र समर्थन दिनु हुँदैन भन्ने मलाई लाग्छ । ओलम्पिकमा सहभागी नहुने निर्णय मानव सभ्यता र खेलकूदको विकाशको पक्षमा छैन । त्यसैले खेलकूद क्षेत्रमा कसैले पनि कुनै पनि बहनामा राजनीति गर्नु हुँदैन । विश्वमा भाइचारा, एकता, भात्रित्व, सद्भावको सन्देश खेलकूदको माध्यमबाट पठाउनको लागि हामी तयार हुँनुपर्छ र मुलुक मुलकाबिचमा कुनै समस्या छ भने त्यसलाई खेलकूदसँग नजोडी फरक ढङ्गले समाधान गर्नु पर्छ ।
अन्तमा फेरी एकपटक चीनको राजधानी शहर पैचिङ्गमा छिट्टै आयोजना हुन लागेको सन् २०२२ को सितकालिन ओलम्पिक खेलकूद भव्य अनि सभ्य रुपमा सफल होस् भनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नोट: नेपाल सरकारका पूर्व मुख्यसचिव तथा जनवादी गणतन्त्र चीनका लागि पूर्व नेपाली राजदूत लीलामणी पौड्यालसँग गरिएको कुराकानीमा आधारित ।