Fri. May 17th, 2024

फेरि बढ्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

- पेट्रोल प्रतिलिटर १३९ रुपियाँ

Petrol

काठमाण्डौं, २०७८ माघ ५ गते बुधबार । पेट्रोलसहित डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो । नेपाल आयाल निगमले पुनः पेट्रोलको मूल्य बढाएको छ । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

Facebook Comments